Print

फलेवास ८ ठानामौलाको वडा कार्यालय भवन नगरप्रमुख द्धारा शिलान्यास

२५ मंसीर, पर्वत । फलेवास नगरपालिका वडा नं ८ ठानामौलाको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । ठानामौलाको पोखराभित्तामा सभाहल सहित ५ कोठा रहने भवनको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन् ।

फलेवास ८ ठानामौलामा रु १ करोड १७ लाख १६ हजार ९ सय चौरानव्वे ९भ्याट र कन्टेन्जेन्सी० सहित बन्न लागेको वडा कार्यालको भवन सुविधा सम्पन्न र अपांग मैत्री रहने छ ।

भवन शिलान्यास कार्यक्रममा वोल्दै नगरप्रमुख शर्माले आफू निर्वाचित भएर आएपछि सर्वप्रथम पुर्वधार विकासमा जोड दिदै समृद्ध फलेवासको अभियानमा लागेको बताए। जनताले सेवा पाउने कार्यालय सुविधासम्पन हुदा सेवा लिन पनि सहज हुने वताउदै आफ्नो कार्याकालमा नगरले पुर्वधारको क्षेत्रमा उल्लेख्य प्रगती गरेको शर्माले बताए । कार्यक्रममा भवनको लागत स्टामेटको वारेमा फलेवास नगरपालिकाका इन्जिनियर केशव चालिसेले जानकारी गराए ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी ,समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । फलेवास ८ ठानामौलाका वडा अध्यक्ष मन वहादुर कुवंरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फलेवास नगरपालिकाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा सचिव दिपेन्द्र गौतमले राखेका थिए ।