१० असोज, पर्वत । नेकपा एमाले निकट जनसाँस्कृतिक महासंघ नेपाल पर्वत जिल्ला कार्यसमिति पुर्नगठन गरिएको छ । झण्डै १२ वर्षपछि आयोजित भेलाले दिपक गदालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सरिता भण्डारी सरु, सचिबमा सन्तोष पौडेल, सहसचिबमा राजकुमार विक र कोषाध्यक्षमा वर्षा श्रेष्ठ रहेका छन् ।

त्यसैगरी कुश्मा नगरपालिकाको संयोजकमा रमेश श्रेष्ठ, फलेवासको मनोज पौडेल, मोदीमा समिर मल्ल, जलजलामा रमेश विक्रम रत्न र महाशिलामा धनसुवा विक रहनुभएको छ । त्यसैगरी जनसंगित विभागमा भिमराज परियार, जनसाहित्य विभागमा रामचन्द्र भुसाल, जननाट्य विभागमा राम श्रेष्ठ, ललितकला विभागमा अमृत रिजाल र जनचलचित्र विभागमा चन्द्र विक, सामाजिक तथा साँस्कृतिक विभागमा ज्योती गुरुङ रहेका छन् ।
महासंघका जिल्ला सदस्यहरुमा अस्मी गौतम, भिमा परियार, मन्जु विक, कृष्ण कडेल, महेश भुसाल, किशोर शर्मा, इन्द्रबहादुर घिमीरे, किरण भण्डारी, अमृत रिजाल, विष्णुप्रसाद शर्मा, केदार सुवेदी, दिपेश विक, विकाशराज पौडेल, बसन्त चापागाई, सन्देश शर्मा, विक्रम विक, लक्ष्मण विक, सुरेश परियार र नबराज गिरी रहेका छन् ।
यस अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले यो मुुलुकको भविष्य निर्माण नेकपा एमालेले मात्रै गर्न सक्ने बताएका छन् । मुलुकका अन्य जतिसुकै दलले गठवन्धन बनाएपनि मुलुकको हितको निम्त केहि गर्न नसक्ने भन्दै सरकार बनेको साढे २ महिनासम्म मन्त्रीमण्डल विस्तार गर्न नसक्ने सरकारसँग अरु कुनै अपेक्षा गर्न नसकिने बताए ।
यो सरकार आफुले नयाँ काम गर्नु भन्दा पनि ओली नेतृत्वको सरकारले गरेका जनमुखि काम बिगार्न बनेको बताउँदै पाँच दलिय गठवन्धन धरापमा परिसकेको बताए । उनले यो गठवन्धन लामो समय नटिक्ने समेत ठोकुवा गरे । सांसद गिरीले नेकपा एमालेले कारवाहि गरेका १४ जना सांसदलाई निलम्वन नगरेसम्म संसदको अवरोध नहट्ने समेत स्पष्ट पारे ।
कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय सचिबालय सदस्य मनकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, एमाले प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सुवास मल्ल, जीवन दाहाल, राजेन्द्र सापकोटा, नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, सचिब पदमपाणी शर्मा, उपसचिब गोविन्द पहाडी, प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरी लगायतले मन्तब्य राखेका थिए ।
जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा पर्वतका इन्चार्ज कृष्ण अखेलीको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन दिपक गदालले गरेका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष स्वर्गिय मानजीत सुरागमको परिवारलाई सम्मान पनि गरिएको थियो ।




