Print

आज पर्वतमा नेपाली कांग्रेसको पालिका अधिवेशन : यी हुन सभापतिका आकांक्षीहरु

९ असोज, पर्वत । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वतमा आज नगर तथा गाउँ अधिवेशन हुँदैछ । अधिवेशनले गाउँ पालिका तथा नगरपालिका स्तरीय नयाँ कार्य समिति चयन गर्नेछ ।

पर्वत जिल्लामा ७ वटा स्थानीय तहमा कांग्रेसको अधिवेशन हुन लागेको हो । आज हुने पालिका स्तरीय अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेपाली कांग्रेसले जनाएको छ । २ नगरपालिका तथा ५ गाउँपालिकाहरुमा नयाँ नेतृत्वको लागि रस्साकस्सी शुरु भएको छ ।

कुश्मा नगरपालिका

कुश्मा नगरपालिकामा ५ जनाले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कुश्मा नगरपालिका–२ खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोला, कुश्मा नगरपालिका वडा न ३ दुर्लुङवाट कुलराज पोखरेल र कृष्णराज शर्मा कुश्मा नगरपालिका वडा न ८ का सुरेन्द्र केसी र कुश्मा नगरपालिका वडा न ६ का किशोर भण्डारीले सभापतिमा उमेदवारी दिने सार्वजनिक गरेका छन् ।

फलेवास नगरपालिका

फलेवास नगरपालिकामा हालसम्म ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । नगर सभापति हिरामणि सापकोटा , नेपाली काँग्रेसका जिल्ला सदस्य नेता थमनसिँह थापा, नेपाली काँग्रेस पर्वतका पूर्व कोषाध्याक्ष देविस्थान निवासी बसन्त श्रेष्ठले, काँग्रेस पर्वतका पूर्व जिल्ला सदस्य देविस्थान निवासी ख्याम भुषाल क्षेत्री, खानीगाउँवाट क्षेत्रिय सदस्य दुर्गादत्त तिवारी र कुर्घाका निवर्तमान वडा सभापति अमरवहादुर क्षेत्रीले पनि नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

जलजला गाउँपालिका

जिल्लाको जलजला गाउँपालिकामा ४ जनाले पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेमा नेपाली काँग्रेस जलजला गाउँपालिका २ माझफाँटका पूर्व पार्टी सभापति इन्द्रप्रकाश पौडेल, वडा नम्वर ४ वाट भिष्म मल्ल, शालिजाका पूर्व पार्टी सभापति बलवहादुर पुन, जलजला वडा नम्वर ८ नाग्लिवाङवाट वडा अध्यक्ष हरिविकास जिसीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

मोदी गाउँपालिका

मोदी गाउँपालिकामा हालसम्म ३ जनाले सर्वाजानिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेस मोदी गाउँपालिका सभापति जीवनाथ शर्माले पुनः सभापतिमा दोहोरिन खोजेका छन् । त्यस्तै नेपाल तरुण दल मोदी गाउँपालिका अध्यक्ष र्निदोष लामिछानेले मोदी २ देउपुरका पदमपाणि शर्माले मोदी गाउँपालिकाको सभापति आफ्नो शसक्त दावी रहेको बताएका छन् ।

महाशिला गाउँपालिका

महाशिला गाउँपालिवाट दुई जनाले पालिका सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट अध्यक्ष पदका प्रत्यासी बनेका उज्वल गुरुङ र महाशिला गाउँपालिका–५ लुंखुका वडा सभापति डिल्लीराम उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।

विहादी गाउँपालिका

विहादी गाउँपालिकामा पनि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेहरुमा बिष्णुप्रसाद भुषाल र रामप्रसाद पराजुली रहेका छन् । भुषाल बिहादी गाउँगाउँपालिका सभापति हुन् ।

पैयू गाउँपालिका

जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयुँ गाउँपालिका दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । पालिका सभापतिमा डम्मर प्रधान पुर्व क्षेत्रिय सभापति तोयनाथ ‘भुषालले उम्मेदवारी घोषणा गरेका छन् ।

गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् ।