२० भदौ, पर्वत । आफ्नी छोरीलाई पटक पटक बलात्कार गरेका पर्वत जिल्लाका दुई जना मानिस कारागार चलान भएका छन् । प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने पिडित बालिकाका बुवा र उनको नाताले काका पर्ने मानिस पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

१४ बर्षिया बालिकालाई जवरजस्ती बुवा र काकाले फरक फरक समयमा बलात्कार गरेको पिडित बालिकाले बताएकी थिइन् ।
बुवा र काकाका विरुद्ध पिडित बालिकाका दाईले प्रहरीमा उजुरी दिए पछि उनीहरु विरुद्ध मुद्धा दर्ता भएको थियो । अहिले बालिका पोखरा स्थित मानवअधिकारकर्मीको निगरानीमा सुरक्षित अवस्थामा छिन् । पिडित र पिडकको ब्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन् ।




