Print

वजेट वृद्धिले ईसिडी र विद्यालय कर्मचारीमा खुशियाली पूर्व साँसद गिरीको माग पुरा

१५ जेठ, पर्वत । प्रतिनिधि सभामा इसिडि शिक्षकमाथि सरकारले श्रम शोषण गरिरहेको विषय उठान गरेको एक बर्षमा उनीहरुको तलबमानमा बृद्धि भएको छ । तत्कालीन अवस्थामा प्रतिनिधि सभा सदस्य पदम गिरीले इसिडि शिक्षक माथि सरकारले श्रम शोषण गरिरहेको भन्दै संसदको ध्यानाकर्ष गराएका थिए ।

सांसद गिरीले सरकारको २०७६/०७७को बजेटमा शिक्षक कर्मचारीहरुको तलब २० प्रतिशतले बढाइनु स्वागतयोग्य कदम भएपनि साना नानीबाबुहरुलाई पढाउने सिकाउने, ती नानीबाबुको सिगान, दिसापिसाव पुछेर अक्षर चिनाउने इसिडि शिक्षकहरुको तलब एक पैसा नबढाइएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।

आज अध्यादेश मार्फत अर्थ मन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट बक्तब्यमा इसिडि शिक्षकहरुको तलबमा बृद्धि गरेर १५ हजार पुराइएको छ । अर्थ मन्त्री पौडेलले बजेट मन्तब्यमा यस्तो जानकारी गराएका हुन् । इसिडसंगै विद्यालयका कर्मचारीहरुको तलबमानमा बृद्धि भएको हो ।

‘नेपाल सरकारले लागू गरेको श्रम ऐनमा प्रत्येक श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार पाँच सय निर्धारण गरिएको छ । तर, दुर्भाग्य साना बाबुनानीको सिगान पुछेर अक्षर चिनाउने ति इसिडि शिक्षकहरु महिनाको ६ हजारमा काम गर्न बाध्य छन् । उनीहरुको श्रमको शोषण भएको छ ।’ सांसद गिरीले यस अघि ससदमा सम्बोधनको क्रममा भनेका थिए ।

तरकारले ८ हजार संघ सरकारबाट उपलब्ध गराउने र बाँकी रकम उपलब्ध स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिएको छ ।