Print

ओली सरकारको अर्को सपना : कास्कीको हेम्जा देखि नयाँपुल सुरुङ मार्गको लागि बजेट विनियोजन

१५ जेठ, पर्वत । सरकारले आज सार्वजनिक गरेको बजेटमा पर्वत जिल्लाका लागि नयाँ र ठूलो परियोजना समेटिएको छ । मूख्य गरी कुश्मा देखि पोखरा सडकलाई छोटो बनाउनका लागि कास्कीको हेम्जा देखि कास्की र पर्वत सिमानामा पर्ने नयाँपुलसम्म सुरुङ मार्ग निर्माण गर्न प्रस्ताव गरिएको छ ।

यो खण्डमा सुरुङ मार्ग निर्माण हँुदा पोखरा देखि कुश्मासम्मको सडकको दुरी निकै छोटो हुनेछ ।

सम्भाब्वता अध्ययनले सम्भव देखाएको यो क्षेत्रमा सुरुङ मार्ग निर्माणको लागि सरकारले सम्भाब्यता अध्ययन गर्न बजेट विनियोजन गरेको अर्थ मन्त्री विष्णु पौडेलले आज जारी गरेको बक्तब्यमा उल्लेख गरिएको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमा शुरुङ मार्गका लागि आवश्यक डिपिआर तयार गरिने कुरा उल्लेख छ ।

कुश्मा देखि ५७ किलोमिटरको दुरीम रहेको कुश्मा पोखरा सडक खण्डमा सुरुङ निर्माण हुँदा सडकको दुरी एक चौथाईमा सिमिति हुनेछ । जसले गर्दा आधा घण्टा मै पोखरा देखि कुश्मासम्मको यात्रा गर्न सकिनेछ ।