Print

पर्वतका पहाडी क्षेत्रमा पहिरो र नदी तटमा बाढिको जोखिम

१५ जेठ, पर्वत । विगत ३ दिन देखि भइरहेको निरन्तर बर्षातका कारण पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढेर गएको छ । अविरल बर्षातका कारण नदीको सतहमा बृद्धि हुँदा नदीतटमा बाढिको प्रकोप पनि उच्च भएको छ ।

बंगालको खाडीमा उत्पन्न भएको चक्रपातका कारण अहिले देश भर बर्षात भइरहेको छ । यो बर्षात अझै केहि दिन हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महासंघले सम्भावित मौसम परिर्वतको असरबाट बच्नका लागि समेत आब्हान गरेको छ ।


निरन्तरको बर्षातका कारण अहिले नदीनालाहरुको बेग र सतहमा बृद्धि भएको छ । माथिल्ला पहाडी क्षेत्रहरुमा निरन्तरको बर्षातका कारण पहिरोको जोखिम बढेको छ । जोखिमयुक्त क्षेत्रहरुमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन सरकारले अनुरोध गरीरहेको छ ।

खासगरी पर्वत जिल्लाको कालीगण्डकी नदी तटमा बाढिको सम्भावना सधै उच्च रहनेगर्छ भने, जिल्ला भित्रका साना नदीहरुमा पनि प्रकोपको सम्भावना सधै रहने गरेको छ ।

गत बर्ष मात्रै जिल्लाको दुर्लुङ वस्तीमा गएको पहिरोको कारण ५ जना मानिसको मृत्यु भएको थियो । पहिरोका कारण अन्य क्षेत्रहरुमा पनि ठूलो मात्रामा आर्थिक क्षति पुगेको थियो ।


यस बर्ष प्रमौसुन शुरु भए लगतै ३ दिन देखि लगातार बर्षात भइरहेको छ । बर्षातको मात्रा अधिक नभए पनि निरन्तर बर्षात भएका कारण त्यसले कुनै पनि बेला जुनसुकै ठाउँमा पनि क्षति पुराउनसक्ने भन्दै स्थानीय प्रशासनले समेत सवैलाई सुचित र सुरक्षित रहन आग्रह गरेको छ ।