Print

पर्वतमा अहिलेसम्म अक्सिनको अभाव छैन : स्वास्थ निर्देशनालय

२ जेठ, पर्वत । जिल्लामा अहिलेसम्म अक्सिजनको अभाव नरहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । जिल्लामा हाल अक्सिजन प्लान्टबाट अक्सिनज शुरु भइसकेको निर्देशनालयले जनाएको छ । जिल्लामा ३० सिलिन्डर अक्सिजन उत्पादन क्षमता दैनिक रुपमा रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

उत्पादन भएको सवै अक्सिजन अहिले विरामीले खपत गरीरहेको उल्लेख गर्दै निर्देशनालयले ३० सिलिन्डर अक्सिन नै खपत रहेको उल्लेख गरेको हो । विरामीको मागको अनुपातमा उत्पादनले अहिलेसम्म धानेको निर्देशनालयले दावी गरेको छ ।

यसैगरी जिल्लामा कुल १ सय २८ वटा सिलिन्डर रहेको समेत निर्देशनालयको तथ्यांकमा देखाइएको छ । पर्वत अस्पतालमा १ सय वटा र अन्य ठाउँमा २८ वटा अक्सिनजनका सिलिन्डरहरु रहेको निर्देशनालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । अहिले ३० वटा नै सिलिन्डरको खपत भइरहेको र सोहि अनुपातमा नै सिलिन्डरको आवश्यकता रहेको उल्लेख गरिएको छ ।

एता, पर्वत अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेलले उत्पादन भएको अक्सिजन सिधै विरामीलाई उपलब्ध गराइएको जानकारी दिए । उनले खाली सिलिन्डर भर्ने ब्यवस्था जिल्लामा नभएपनि उत्पादन भएको अक्सिजन प्रयोगमा ल्याउन सकिएको उनको भनाई छ । विरामीको संख्या बढ्दै जाँदा भने यो अनुपातको अक्सिजनले विरामीलाई थेप्न नसक्ने देखिन्छ ।