२ जेठ, पर्वत । जिल्लाका विभिन्न ठाउँमा गरेर आज मात्रै ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आज जिल्ला भर ९२ जनामा संक्रमण पुष्टि भएको हो । निर्देशानालयका अनुसार ३८ जना महिला र ५४ जना पुरुषमा संक्रमण भेटिएको छ ।
जिल्लाका विभिन्न स्थानका उनीहरुको पोखरा स्थित विभिन्न ल्यावमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
योसंगै जिल्लामा झण्डै ४ सय नयाँ भेरिएन्टका कोराना संक्रमीत भेटिएका छन् । हालसम्म १८ जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।





