Print

पर्वत अस्पतालमा २० शैया थपियो, भेन्टिलेटर र आईसियू मेसिन अझै थन्किए

२ जेठ, पर्वत । कोभिड १९ बाट संक्रमितको लागि उपचार गर्न पर्वत अस्पतालमा ३३ वटा वेड तयार गरिएको छ । यस अघि १३ वटा वेडमा कोभिडका बिरामीको उपचार गर्दै आएको अस्पतालले आइतवार थप २० वटा वेड तयार गरी सञ्चालनमा ल्याएपछि ३३ वटा वेड पुगेका हुन् । शनिवारसम्म १३ वटा वेडमा, प्यासेज र गल्लीमा गरी १६ जना कोभिड संक्रमितको उपचार गर्दै आएको थियो ।

पर्वत अस्पतालले सञ्चालन गरेको कोभिड उपचार कक्ष बेड बिरामी ले भरिएपछि थप बिरामी राख्न बेड अभाब भएको थियो । अस्पतालको निर्माणाधिन भवनमा स्थायी रुपमै २० बेडको ब्यवस्थापन गरिएको छ ।

जनशक्तिको अभाबमा पर्वत अस्पतालमा रहेका पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि सञ्चानलनमा आउन सकेका छैनन । सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगबिहीन भएका छन ।

अस्पतालमा रहेको आइसोलेसनमा रहेका बिरामी गम्भीर अबस्थामा पुग्दा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था नभएको अस्पतालका अध्यक्ष गोविन्द पहाडीको भर्नाइ छ ।