Print

पर्वत अस्पताललाई धनेश्वरी कृषि सहकारीको २० हजार नगद सहयोग

२ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ मा रहेको धनेश्वरी कृषी सहकारीले पर्वत अस्पताललाई नगद सहयोग गरेको छ । सहकारीका अध्यक्ष नवराज गिरीले सहकारीको तर्फबाट नगद सहयोग २० हजार रुपैंया प्रदान गरेका छन् ।

अस्पतालमा वेर्डको अभाव हुदै गएपछि अस्पतालमा आइसोलेसन वेर्ड निर्माण तथा कोभिडका विरामीहरुको उपचारमा सहयोग पुगोस भनेर सहकारीको तर्फबाट उक्त रकम प्रदान गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

प्राप्त भएको रकम पारदर्शीता पूर्वक कोभिडका विरामीहरुको उपचार तथा आइसोलेसन कक्ष निर्माणमा प्रयोग गर्न गिरीले अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । गिरीले उक्त रकम अस्पतालका अध्यक्ष गोविन्द पहाडीलाइ हस्तान्तरण गरेका हुन् ।