Print

गण्डकी प्रदेशमा मतदानको कार्य सुचि रोकिनु आपत्तिजनक : सांसद गिरी

१५ वैशाख, पर्वत । गण्डकी प्रदेश सरकारको विरुद्धमा ल्याइएको अविश्वासको प्रस्ताव उपर मतदान कार्य रोकिएको घटनालाई नेकपा एमालेका नेता तथा संघीय सांसद पदम गिरीले आपत्तिजनक भनेका छन् ।

आज मात्रै सरकारको विरुद्धको मतदान प्रक्रियाको कार्य सुचि भए पनि सभामुखले वैठक अनिश्चितकालका लागि स्थगीत गरेका छन् । सांसद गिरीले संसदीय मूल्य मान्यता विपरीत वैठक स्थगीत गर्नु आपत्तिजनक रहेको बताएका हुन् ।

नियमित कार्य सुचिलाई परिर्वतन गरेर मतदानको प्रक्रिया नै शुरु नगर्ने सभामुखको भूमिका माथि पनि सांसद गिरीले प्रश्न उठाएका छन् । उनले भनेका छन्–‘अविश्वासको प्रस्ताव फेल हुने भएपछि सभामुखले वैठक रोक्नु आपत्तिजनक छ ।’ सभामुखको भूमिका तटस्थ रहनुपर्ने भए पनि दल विशेषको आधारमा भूमिका तटस्थ नदेखिएको गिरीको आरोप छ ।

उनले सभामुखको भूमिका संसदीय मूल्य मान्यता विपरीत रहेको समेत उल्लेख गरेका छन् । गिरी पर्वतबाट संघीय संसदमा निर्वाचित सांसद हुन् ।