५ वैशाख, पर्वत । लोकदोहारी गायक युवराज भुषालले नयाँ बर्ष सँगै वियोगान्त एकल गीत सार्वजानिक गरेका छन् । लामो समयको मेहनत र अन्तरालपछि भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको एकल गीत सार्वजानिक गरेका हुन् । गीत सार्वजानिक गरेको छोटो समयमै राम्रो भ्यूज र प्रतिक्रिया पाएको भुषालले बताए । गायक भुषालले यसअघि पनि धेरै वियोगान्त गितहरु बजारमा ल्याएका थिए ।
भुषालका तिर्खा पानीको, मनको धोको नरोई नरोई बस मेरी सानी र के पिर प¥यो बहिनी खेली लोकदोहोरी जस्तो दर्जन गितहरु अझै चर्चित छन् ।
भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको गितमा माया प्रेममा विछोडिएका पीडिहरुलाई लक्षित गरेर गीत बजारमा ल्याएका हुन् । उनले भने,‘लेख्दा माया प्रेममा विछोडिए जोडिएहरुलाई सम्झीएर लेखे, अव सबै विछोडिएका जोडिहरुमा समर्पित गर्न चाहान्छु ।’गीतमा शव्द, संगित र स्वर मात्र होईन अभिनय पनि गायक भुषालले गरेका छन् । अभिनयमा उनलाई चर्चित मोडल आयुष्मा कार्कीले साथ दिएकी छन् । गीतमा संगित संयोजन चर्चित गायक बिमलराज क्षेत्रीले गरेका हुन् ।
गीतको म्युजिक भिडियो निकै कारुणिक बनेको छ । म्युजिक भिडियोको छाँयाकन पर्वतको विहादी गाउँपालिकामा गरिएको हो । उनको जन्मगाउँनै विहादी भएकाले पनि यस क्षेत्रका धार्मिक एवम् पर्यटकिय क्षेत्रलाई भिडियोमा समेटिएकोे छ । गीतको म्युजिक भिडियोमा विश्व प्रसिद्ध शालिग्राम शिला, कालीगण्डकी नदीको सेरोफेरा, आफैले अध्ययन गरेको विद्यालय र गाउँबस्तीलाईको परिवेशमा छाँयाकन गरिएको हो । उक्त गित लोचन कृयशन नेपाल मार्फत सार्वजानिक गरिएको हो । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । भुषालले आफ्नै यूटुव च्यानलबाट गित सार्वजानिक गरेका हुन् ।
गीत सार्वजानिक गदै भुषालले भनेका छन्,‘नव बर्ष २०७८ को शुभकामना सहित वियोगान्त एकल लोकगीत लिएर आएको छु । ठेट र मौलिकतामा जोडिएकाले यो गीत गाउँघर मात्र नभएर प्रदेशमा हुनुभएका हाम्रा नेपाली बुवाआमा, दाइभाइ, दिदीबहिनीको मन मस्तिष्कमा बस्ने छ भन्ने आशा छ ।’