१८ माघ, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आप्mनो एघारौं साधारण सभाको अवसरमा सामाजिक रुपमान्तरण र ग्रामीण पर्यटनको क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै मधुसोधन अधिकारीलाई सम्मान गरेको छ । कदरपत्र र दोसल्ला ओढाएर पत्रकार महासंघले अधिकारीलाई सम्मानीत गरेको हो ।
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा न ८ चित्रेमा आयोजीत साधारण सभाको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो । ग्रामीण पर्यटनको क्षेत्रमा, शिक्षा र सामाजिक रुपान्तरणको क्षेत्रमा केसीले उल्लेख्य योगदान पुराएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । पर्वतको कुश्मा नगरपालिका वडा न ९ निवासी अधिकारी विगत २८ बर्ष देखि शिक्षण पेशामा सग्लन्न छन् ।
चित्रेको पञ्चकोशी प्राविमा कार्यरत शिक्षक अधिकारी शिक्षण पेशासंगै चित्रेमा ग्रामीण पर्यटनको प्रवद्र्धन, समामाजिक रुपमान्तरणको अभियानमा सक्रिय छन् । चित्रेमा होमस्टे सेवाको शुरुवात गर्ने कार्यमा समेत उल्लेखनीय भूमिका खेलेका अधिकारी कै पहलमा चित्रेमा विभिन्न सामाजिक गतिविधिहरु हुँदै आएका छन् ।
यसै वीच सोहि कार्यक्रममा चित्रे ग्रामीण होम स्टेलाई पनि सम्मान गरिएको थियो ।
पर्वत जिल्लाको पहिलो र ब्यवस्थित होम स्टे सेवा सञ्चालन गरेर जिल्लाकै पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न होम स्टेलाई समेत सम्मान गरिएको हो । होम स्ेटकी अध्यक्ष शुशिला गुरुङ मार्फत होम स्टे सञ्चालक समितिलाई सम्मान गरिएको थियो ।
सोहि अवसरमा पत्रकार महासंघमा आवद्ध रहेर शाखा स्थापना गर्ने तदर्थ समितिलाई समेत सम्मानीत गरिएको थियो । सो अवसरमा संस्थापक अध्यक्ष भोलानाथ शर्मा, पुर्व अध्यक्षहरु ओम घायल, दुर्गाप्रसाद शर्मा तथा सदस्यहरु गोविन्द पोख्रेल, भिमनाथ रेग्मी, ओमप्रसाद उपाध्याय पनि सम्मानीत भएका छन् ।




