Print

सृजनशिल पत्रकारिता पुरस्कारबाट स्व.केसी र विकल्प पुरस्कृत

१८ माघ, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतद्धारा प्रदान गरिने सृजनशिल पत्रकारिता पुरस्कार स्वर्गिय पत्रकार महेन्द्र केसी र इन्दकुमार विकल्पलाई प्रदान गरिएको छ । जिल्ला शाखा पर्वतको एघारौं साधारण सभाको अवसरमा नगद रकम ११ हजार १ सय ११ सहित पुरस्कार प्रदान गरिएको हो । शाखाले प्रत्येक बर्ष सृजनशिल पत्रकारिता पुरस्का प्रदान गर्दै आइरहेको छ ।

शाखाको एघारौं साधारण सभाको अवसरमा प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले विकल्पलाई उक्त पुरस्का प्रदान गरे । स्वर्गिय केसीको पुरस्कार भने उनको परिवारलाई प्रदान गरिने शाखाका सचिव गणेश गिरीले जानकारी दिए । केसी पत्रकार महासंघका गण्डकी प्रदेश प्रतिनिधि हुन भने उनी नेपाल टेलिभिजन साझा सबाल अनलाईन तथा आफ्नै यूटु्व च्यानलमा सक्रिय थिए ।

उनको पुस महिनामा कोभिड संक्रमण पुष्टि भएपछि मृत्यु भएको थियो । केसीले छोटो अवधिमा पत्रकारिता क्षेत्रमा पुराएको महासंघले कदर गरेको शाखा सचिव गणेश गिरीले बताए । विकल्प साहित्यीक क्षेत्रमा विगत लामो समय देखि क्रियाशिल छन् । उनी पनि पत्रकार महासंघको गण्डकी प्रदेश प्रतिनिधि हुन् ।