Print

पर्वतमा निर्वाचनको तयारी शुरु, ७ हजार ५ सय २१ जना मतदाता थपिए

१५ माघ, पर्वत । जिल्लामा पछिल्लो आम निर्वाचनको भन्दा ७ हजार ५ सय २१ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ बर्षको अवधिमा नयाँ मतदाता थपिएका हुन् ।

सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनमा पर्वतमा कुल १ लाख १४ हजार ८ सय २१ जना मतदाताले मतदान गर्न पाउनेछन् । पछिल्लो निर्वाचनमामा ७ हजार ५ सय २१ जना मतदाता थपिएको कार्यालयले जनाएको छ ।

यस अघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा १ लाख ७ हजार ३ सय मतदाता रहेका थिए । आगामी निर्वाचनमा अघिल्लो पटक भन्दा ७ हजार ५ सय २१ जना मतदाता थपिएका हुन । जसमध्ये महिला ५९ हजार ६८ र पुरुष ५५ हजार ७ सय ५३ जना रहका छन् ।

कार्यालयले निर्वाचनको तयारी स्वरुप यहि माघ १५ गतेदेखि २१ गते सम्म मतदाता नामावलीमा दावी विरोधका लागि समय निर्धारण गरेको छ । जिल्लाका सातवटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन, बसाईसराई, मृत्यु वा अन्य कुनै कारण भए उजुरी दिन सकिने कार्यालयले जनाएको छ ।