Print

आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनमा पर्वतमा ५ वटा मतदान केन्द्र थप

१५ माघ, पर्वत । आगामी निर्वाचनमा हुने मध्यावधि निर्वाचनमा पर्वतमा १ सय ४४ वटा मतदान केन्द्र रहने भएका छन् । यस अघि २०७४ सालको निर्वाचनमा ७४ वटा मतदान स्थलमा १ सय ३९ केन्द्र रहेकोमा यस पटकको निर्वाचनमा ५ मतदान केन्द्र थप गर्न सिफारीस गरिएको समेत निर्वाचन कार्यालय पर्वतले जनाएको छ । जिल्ला स्तरीय मतदान केन्द्र सिफारीस समितिको निणर्य अनुसार चार केन्द्र थप्ने निणर्य भएको हो ।

चुनाव नियमित प्रकृया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालयहरु सँधै आवश्यक तयारीमै हुने निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माको भनाई रहेको छ । मुख्य काम निर्वाचनको एक महिना अघिदेखि शुरु हुने भएपनि अन्य स्रोत साधनको आँकलन, मतदाता नामावली र मतदान स्थलको व्यवस्थापन नियमित प्रकृया भएकाले तयारी अवस्थामै रहेको उनले बताए । प्रतिनिधि सभा निर्वाचनका लागि पर्वतमा एकवटा निर्वाचन क्षेत्र मात्र रहेको छ भने प्रदेशसभा अन्तर्गत दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

सरकारले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेसंगै निर्वाचन आयोगले निर्वाचनको काम शुरु गरेको छ । उता, संसद विघटन सम्बन्धि मुद्धा भने अदालतमा अझै पनि विचारधिन अवस्थामा रहेको छ ।