Print

पर्वतमा ६८ जना स्वास्थ्यकर्मीले लगाए कोरोनाको खोप

१५ माघ, पर्वत । जिल्लामा कोभिड १९ को खोप ६८ जना स्वास्थ्यकर्मीले लगाएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार अग्रपंक्तिमा खटिने पर्वतका ६८ जनाले कोरोना रोगको खोप लगाएका हुन् ।

जिल्लाको पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाले पहिलो खोप लगाएर पर्वत जिल्लामा कोभिड विरुद्धको खोपको शुरुवात गरिएको थियो ।

अस्पतालका डाक्टर देवकोटा अस्पताल परिसरमा पहिलो खोप लगाएका थिए । लगतै बुधवार दिनभरमा जिल्ला भरका कुल ६८ जनाले कोराना भ्यान्सिन लगाएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । जिल्लामा कुल १२ सय थान खोप पहिलो चरणमा उपलब्ध भएको जनाइएको छ । खोप क्रमशः जिल्ला भरका सवै स्वास्थ्यकर्मीलाई दिइनेछ ।