Print

प्वाल परेको भाँडो..

अर्जुन पौडेल निर्जन’
शुरुमा बनाउदा बखत नै
आखाले नदेखिने
सानो प्वाल परेर
चुहिरहेको यो भाडो
कहिले माटोले टाल्ने कोसिस गरे
कहिले मेरो भाडो चुहिदैन भन्ने देखाउन
टलक्क टल्किने रङ्ग लगाए
समाजमा काम पर्दाखेरी
राम्रो लागेर
कतिले माग्न आए काम चलाउन र दिए पठाए
केही भनिन नदेखिने प्वालको बारेमा
बारम्बार लैजान्थे ल्याउथे
र सधै भन्थे भाडो त चुहिने रैछ कि क्याहो
म ढाकछोप गर्थे र भन्थे यति राम्रो भाडो कहाँ चुहिन्छ
सधै ढाकछोप गरिरहे
तर भाडो चुहिन छोडेन
आजकल त अझै
बाहिर बाट कोको आउँछन
र त्यही राम्रो भाडाे हेर्ने निहु बनाउछन
अनि लुकाएर ठोक्छन त्यही प्वालमा
ड्याम्म ड्याम्म
बिस्तारै बिस्तारै नदेखिने त्यो प्वाल ठुलो हुँदै गयो
र सगसगै गयो
मेरो मन सागुरो बन्दै बन्दै
लागिरहे अझै केही गर्न सकिन्छ कि भन्दै
कहिले माटोले जमाउन
कहिले फेबिकोलले टाल्न
कहिले डोरीले वरिपरि बाधेर अड्याउन
कहिले आसपास प्वाल बनाएर फलामको तारले बाध्न
तर
छोडेको छैन चुहिन पनि
र सकेको पनि छैन दुई टुक्रा बनेर प्याट्ट फुट्न पनि
सायद उसलाई पनि लागेको होला
टुक्रा टुक्रा बनेको कुनै चिजको पनि अस्तित्त्व रहदैन
जुन माटो बनेर बिलिन हुन्छ
आफ्नै अस्तित्त्व बाट