१८ कार्तिक, पर्वत । २०७२ सालको विनाशकारी भुकम्पले भत्काएको विद्यालयको भवनको पुर्ननिर्माण नहुँदा विद्यार्थी खुल्ला आकाशमा पढ्न बाध्य भएका थिए । विनाशकारी भुकम्पले भत्काएको जिल्लाको विहादी गाउँपालिका वडा न २ स्थित आम्बारी माविको ७ कोठे भवनको पुर्ननिर्माण नहुँदा विद्यार्थी समस्यामा परेका थिए । भवन भुकम्पले भत्काए पनि जिल्लाको तथ्यांकमा भने भवनको क्षति बारे उल्लेख थिए । जिल्लामा भवनको क्षति बारे उल्लेख नहूँदा भवन पुर्ननिर्माणमा समस्या परेको थियो । सरकारी तथ्यांकमा भुकम्पले भवन भत्काएको रेकर्ड नहुँदा बजेट विनियोजनमा समस्या पर्दै आएको वडा अध्यक्ष ओमप्रसाद कुँवरले बताए ।
कुँवरका अनुसार सरकारी रेकर्डमा विद्यालयको भवनको बारेमा उल्लेख नहुँदा विद्यार्थी झण्डै ४ बर्ष खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थीहरु निकै समस्यामा थिए । उनले संघीय सांसद पदम गिरी सहितको टोलीले भुकम्प पुर्ननिर्माण प्राधिकरणमा प्रयास गरेपछि भवन निर्माणको लागि बजेट प्राप्त भएको जानकार दिए । भवन निर्माणको लागि बजेट विनियोजन भएसंगै अहिले भवन निर्माणको प्रक्रिया शुरु भइसकेको छ । ८ वटा पक्कि कोठाहरु यस अघि पालिका र विद्यालयको आफ्नो प्रयासमा निर्माण भएपनि कक्षाहरु अप्राप्त रहेका थिए । थ प ४ वटा कोठाको निर्माण कार्य शुरु भएको वडाअध्यक्ष कुँवरको भनाई छ ।
गाउँपालिका भरीमा धेरै विद्यार्थी भएको विद्यालयमा कक्षा कोठाको समस्या भएपछि अध्यापनमा समस्या परेको छ । विद्यालयमा अहिले ३ सय ४० जना विद्यार्थी अध्ययनरत छन । विद्यालयका प्रअ गणेश शर्मा पौडल भन्छन–‘हावाहुरीका कारण कतिबेला भवन पल्टन्छ कुनै भर थिएन ।’ हावाहुरीले कक्षा कोठा पनि असुरक्षित बनेको र खुल्ला चौरमा अध्यापन गराउन समस्या परेकाले नयाँ भवन निर्माण शुरु गरिएको हो । भुकम्पले विद्यालयको शौचालयमा पनि क्षति बनाएको थियो ।
भवन भत्कदा कक्षा २, ३, ५, ७ र ८ का विद्यार्थीलाई अध्ययनमा समस्या परेको छन् । भवन निर्माणको प्रतिनिधि सभाका सांसद पदम गिरीले निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा उनले जिल्लामा दुई वटा विद्यालयको भवन पुर्ननिर्माणको लागि छुट गएको बताए । आम्बारी माविसंगै बिहादीकै शालिग्राम माविको पनि नाम छुटेकोमा पुनः पुर्ननिर्माण प्राधिकरणमा अनुरोध गरी भवन निर्माणको लागि बजेट उपलब्ध गराउन सकिएको गिरीले बताए ।
पुर्ननिर्माणमा छुट हुन गएका विद्यालयहरुमा भवन निर्माण प्रक्रिया छिटो सकेर भवनमा नियमित अध्यापनको ब्यवस्थापन मिलाउन सांसद गिरीले बिद्यालय ब्यवस्थापन समितिसंग अनुरोध गरे ।




