Print

“कम्युनिष्ट पार्टीबाट मात्रै सम्बृद्धि सम्भव”– केन्द्रिय सदस्य हमाल

१८ असोज, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य गुप्त हमालले कम्युनिष्ट पार्टीबाट मात्रै देशमा आर्थिक सम्बृद्धि सम्भव भएको दावी गरेका छन् । जिल्लाको मोदी गाउँपालिका वडा न ३ देउरालीमा आयोजीत कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता हमालले देशले प्रगतिशिल पार्टीको महशुस गरेका कारण अव कम्युनिष्ट पार्टीले नै देशमा आर्थिक सम्बृद्धि गर्ने दावी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता हमालले यथास्थितीबादी शक्तिमा रहेका कार्यकर्तालाई कम्युनिष्ट पार्टीमा गोलबन्द हुन आग्रह गर्दै सम्बृद्धिको यात्रा शुरु भइसकेको समेत बताए । उनले देशमा भएका सवै राजनैतिक परिर्वतनको श्रेय नेकपाले मात्र लिन सक्ने भन्दै यथास्थितीबादी शक्तिको पछि नलाग्न कार्यकर्तालाई अनुरोध समेत गरे । उनले परिर्वतनको इच्छा हुने र विकास तथा सम्बृद्धिको यात्रा चाहने सवै कम्युनिष्ट पार्टीमा आवद्ध हुन आग्रह पनि गरे ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई समेत पार्टी प्रवेश गराएका हमालले पार्टी प्रवेशका कारण आत्तिएर कसैले पनि कोहि ब्यक्तिलाई अपहरण शैलीमा धाक, धम्कि दिने र तर्सित बनाउने खेल खेले त्यसको जनताले प्रतिकार गर्ने हमालको भनाई थियो । ब्यक्तिगत स्वतन्त्रता माथि कसैले पनि दबाब सृजना गर्न नहुने उनले बताए । हमालले वर्तमान सरकारले गरेका राम्रा र असल कामहरुका कारण कम्युनिष्ट पार्टी प्रति जनताको विश्वास बढदै गएको समेत बताए ।

शसस्त्र युद्धको जनबलबाट बनेको वर्तमान सरकारले जनताका आधारभूत आवश्यकताहरु पुरा गर्न तर्फ अग्रसर भइरहेको हमालको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद समेत रहेको जिल्ला अध्यक्ष गिरीले देश विकासको थालनी वर्तमान सरकारले गरीसकेको जानकारी दिए । उनले वर्तमान सरकारले जनताले खोजेको र रोजेको विकास चाहना साकार बनाउन प्रत्यत्न गरीरहेको बताए । आफू निर्वाचनमा उमेदवार हुँदा प्रतिबद्धता ब्यक्त गरेको एक घर एक धारा तथा पक्कि सडकको सपना पर्वत जिल्लामा विस्तारै पुरा हुँदै गएको जानकारी समेत दिए ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्यहरु भक्त कुँवर, गोविन्द पहाडी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, मोदी नेकपाका अध्यक्ष तेजप्रसाद क्षेत्री, वडाअध्यक्ष देवेन्द्र क्षेत्री, नव प्रवेशी स्थानीय भुमे युवा क्लबका अध्यक्ष हेम पुन तथा स्थानीय इन्द्र बहादुर पुन लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन मुक्तिराम शर्मा, अध्यक्षता रनबहादुर पुन र स्वागत नन्दमाया पुनले गरेकी थिइन ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी ८४ जना नेकपामा प्रवेश गरेका थिए ।

अर्थ वीट साप्ताहिकबाट