Print

चुवामा युवा संघको सक्रियता, विपन्न परिवारहरुलाई आर्थिक सहयोग

१८ असोज, पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ८ चुवामा रहेका दुई जना मृगौला पिडित बिरामीलाई राष्ट्रिय युवा संघ पर्वका संयोजक थमनारायण पौडेलको पहलमा आर्थिक सहयोग संकलन गरी हस्तान्त्रण गरीएको छ । सहयोग संकलनमा साविक युवासंघका अध्यक्ष धनन्जय पौडेल सहित युवासंघ चुवाका सदस्यहरुको पनि सक्रियता रहेको थियो ।

चुवामा रहेका अनिल बिक लाई ७ हजार र प्रमोद परीयारलाई १० हजार सहयोग रकम हस्तान्तरण गरिएको हो । दुबै जना मृगौला पिडित बिरामीहरु हुन । साथै चुबा निबासी बाढी पहिरोबाट पिडित भएका मंगल बहादुर परियार र नियमित रुपमा औषधि सेबन गरीरहनुपर्ने दिर्घ रोगी बिरामी सेती परियारलाई पनि सहयोग हस्तान्त्रण गरीएको राष्ट्रिय युवा संघ पर्वका संयोजक थमनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार मंगल परियारलाई ५ हजार र सेति परियारलाई ३ हजार आर्थिक सहयोग गरीएको हो ।