१९ असोज, पर्वत । नेपाल मार्सल आर्टस हाप्किडो संघ पर्वतको अध्यक्षमा इन्जिनियर आशिष श्रेष्ठ चयन भएका छन् । सरदमुकाम कुश्मा बजारमा भएको संघको प्रारम्भिक भेलाले इन्जिनियर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेपाल मार्शल आर्टस हाप्किडो संघ पर्वत शाखाको गठन गरेको हो ।
संघको उपाध्यक्षमा माधव गिरी, सचिवमा धुव्र श्रेष्ठ, कोषाध्यक्ष इन्द्रप्रसाद शर्मा, सह सचिवमा नविन श्रेष्ठ र सदस्यहरुमा नवराज पौडेल, दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र प्रशिला लामिछाने रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवा समाजसेवी तथा पर्वत अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले खेलक्षेत्रबाट नै युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राखे । उनले पछिल्लो समय सरकारले पनि खेलखुदको क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वस्थ्य रहन पनि खेलकुदको महत्व रहेको बताए ।
संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो खेलबाट पनि नेपालको नाम विश्व सामु चिनाउन सकिने बताउँदै यो खेल दक्षिण कोरीयाबाट उत्पत्ती भएको र विश्वका ५० भन्दा बढी देशमा खेलिने बताए । उनले कोभिड–१९ नियन्त्रणमा आए लगत्तै नेपालमा पनि अन्तराष्ट्रिय स्तरको हाप्किडो खेल आयोजना गरीने बताए ।




