१८ असोज, पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा रहेको राधा माधव समिति पर्वतले विपन्न वर्गका ब्यक्तिलाई आर्थिक सहयोग गरेको छ । जगदगुरु श्री कृपालु जी महाराजको ज्ञान प्रचारक संस्था राधा माधव समितिले कुश्मा नगरपालिका वडा न ४ निवासी बसन्त श्रेष्ठलाई नगद १० हजार ५ सय ५ रुपैंया सहयोग गरेको हो ।
डिर्माटोमेष्टिक रोगबाट पिडित श्रेष्ठलाई उपचारमा सहयोग होस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको समितिका अध्यक्ष इन्द्रमान खत्रीले जानकारी दिए । स्वामी हरीदाजको जन्मोत्सवका अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ ।
रोगबाट पिडित श्रेष्ठको आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारमा सहयोग मिल्ने गरी आर्थिक सहयोग समितिले गरेको हो । समितिको यस अघि पनि असहय पिडित र गरिब वर्गका लागि सहयोग गर्दै आइरहेको समितिका सचिव सुनिल भुषाले जानकारी दिए ।




