Print

“एकिकृत वस्ती निर्माणको लागि पूर्ण रुपमा सहयोग गर्छु”-सांसद गिरी

१६ भदौ, पर्वत । प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीले एकिकृत वस्ती निर्माणको लागि पूर्ण रुपमा सहयोग गर्ने बताउनु भएको छ । सांसद गिरीले पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेल थोक आरुगैह्रामा रहेको दलित वस्ति अति जोखि ठाउँमा रहेको र उक्त वस्ती स्थानान्तरण गरि एकिकृत वस्ती निर्माणमा गर्ने अभियानलाई सहयोग गर्ने बताउनु भएको हो ।

पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्न सुरु गरिएको एकिकृत वस्ती निर्माण अभियानलाई सांसद गिरीले आफुले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।

सोमबार दक्षिण पर्वतमा पुगेर अनुगमन गर्ने क्रममा उहाँले दलित वस्तीको नाजुक अवस्था देखेर दुःख लागेको र व्यवस्थापनका लागि सहयोग गर्ने बताउनु भएको हो ।

वर्षौ देखि पहिरोको जोखिममा रहेको बस्ती छिटै नै स्थानान्तर गरी उनिहरुलाई सुरक्षित ठाउँमा राख्न एकिकृत नमुना वस्ति निर्माण अभियान सुरु गरिएको छ । भीरमाथि रहेको वस्तिमा पहिरोको अत्यन्तै जोखिम रहेको छ । एक घर पहिरोले पुरेको छ । वस्तीमा रहेका घरहरुका आगन या पिँडीबाट खसियो भने बाच्ने कुनै आशा छैन ।
बालक देखि बृद्धसम्मका जो कोही पनि यहाँ खस्ने गर्दछन । कहिले काही त बच्चाहरु खसेर भिरमै पुगेको अवस्था पनि छ । यहाँबाट खसेर केहीको मृत्यु भएको छ । साउन २१ गते राति रातीको समयमा पहिरो जाँदा २८ वर्षीय ख्याम दर्जिको घर पहिरोले पुरेको छ । राति सुतिरहेको बेला पहिरो जाँदा घर माथि पहिले नै गएको पहिरोको कारण घरको गाह्रो भत्किेर क्षति गरेको छ ।

साथै सांसद गिरीले  पैयुँ ५ बानिडाडा मा अवस्थीत छहरे झरनामा  क्यानोनिङको लागि र रानीवनमा रहेको पात्ले स्थित पिकनिक स्पोर्टको लागि पनि सहयोग गर्ने  बताउनु भयो । -paiyunpost.com