Print

पर्वतमा नेकपा प्रवेशको लहर : जलजलाको बनौमा जनमुक्ति पार्टीका सवै पदाधिकारी नेकपा प्रवेश

१७ भदौ, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ९ बनौमा जनमुक्ति पार्टीका वडा अध्यक्ष नेकपा प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपामा जनमुक्ति पार्टी वडा अध्यक्ष सोम पुर्जा, उपाध्यक्ष डम्बरबहादुर गर्वुजा, सह सचिव फत्तबहादुर पाइजा लगाएतको समूह नेकपा प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई एक कार्यक्रमका वीच नेकपा पर्वतका जिल्ला सचिव सुदीप कुँवरले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव कुँवरले सम्बृद्धिको यात्रामा सवै नेपाली एकढिक्का भएर लाग्नुपर्ने धारणा राखे । कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै देश विकास सम्भव रहेको उनको भनाई थियो ।

कार्यक्रमका नेकपा जलजला गाउँ कमिटिका अध्यक्षदिपक आचार्य, जलजला ९ बनौका वडाअध्यक्ष गौ बहादुर पुन लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । नव प्रवेशीहरुले नेकपाको नीति, विचार र सिद्धान्तले नै राष्ट्र निर्माणको सपना साकार हुनेभएपछि आफूहरु उक्त पार्टी प्रवेश गरेको बताएका थिए ।