Print

नेकपाबाट नै सम्बृद्धि सम्भव छ भन्दै ठानामौलामा काँग्रेस उमेदवार नै नेकपामा प्रवेश

१६ भदौ, पर्वत । फलेवास ८ ठानामौलामा नेकपाको टोल भेटघाट आज वाट शूरु भएको छ । भेटघाटकोे पहिलो दिनमै स्थानिय निर्वाचनमा नेपाली कांग्रेस वाट उमेदवार रेहेकी शनिसा विक लगायत १० जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुले कांग्रेस पार्टी दलालको पन्जाबाट उन्मन नकसेको र नेपाली जनताको सम्बृद्धिको यात्रा नेकपाबाट नै सम्भव रहेको बताएका थिए ।

फलेवास ८ अर्चलेमा आयोजना गरिएको भेलामा वोल्दै नेकपा जिल्ला कमिटी सदस्य मन वहादुर कुवंरले नेकपा ठानामौलाले हरेक वस्तीमा रहेका समस्यहरुको समधानका लागि पहल गरिरहेको र आफुले ठानामौलाको विकासका लागि सक्दो प्रयास गर्ने बताए ।

भेलामा नेकपा जिल्ला कमिटी सदस्य कविता विक क्षेत्रीय कमिटी पुर्व सदस्य विष्णु रिजाल, नगरकमिटी सदस्य देवी प्रसाद तिमिल्सिना लगाएतले मन्तव्य राखेका थिए । ठानामौला गाउ कमिटीका सदस्य कुमार विकको अध्यक्षतामा सम्पन्न उक्त टोल भेलाले लाल वहादुर विकको अध्यक्षतामा टोल कमिटी समेत गठन गरको छ ।
एक टोल एक संगठन र भेटघाट कार्यक्रम अन्र्तगत आज ठानामौलाका ३ वटा टोलमा भेटघाट गरि टोल कमिटी गठन भएको र आज वाट शुरु भएको अभियान सवै टोलमा पुगेर संगठन विस्तार गरि अन्त्य हुने नेकपा ठानामौलाका अध्यक्ष केश वहादुर गुरुङले बताए । भेटघाटमा देशमा देखिएको कोरोना संक्रमण न्यनिकरणका लागि सचेतना अभियान समेत गरिएको उनले बताए ।