१४ भदौ, पर्वत । कोरोना संक्रमणको खोजीका लागि पर्वतको विहादी गाउँपालिकामा गरिएको स्वाब संकलनको सवै रिर्पोट नेगेटिभ आएको छ । गाउँपालिकाबाट १ सय १० जनाको स्वाब संकलन गरेर परिक्षणको लागि क्षयरोग उपचार केन्द्र पोखराका प्रयोगशालामा पठाईएकोमा सवैको रिपोर्ट नेगेटीभ आएको हो । स्वाब संकलन गरिएका १ सय १० जनाकै रिपोटए नेगेटीभ आएको सिसिएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिए ।
पर्वतमा पछिल्लो समय समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर समुदायस्तरमै पुगेर परिक्षणलाई तीब्रता दिईएको छ । विहादी गाउँपालिकाका विभिन्न सरकारी कार्यालय तथा गैह्रसरकारी कार्यालय, वित्तिय संस्था, शिक्षक, सवारी चालक, होटेल तथा पसल संचालक, जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा प्रहरी गरी १ सय १० जनाको स्वाब संकलन गरिएको हो । सवैको रिपोर्ट नेगटीभ आएपछि हालसम्मलाई गाउँ सुरक्षित रहेको पाईएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी बताए ।
यस अघि पर्वतको जजलजला, महाशीला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा पनि समुदायमा कोरोना छ कि छैन भनेर परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो । त्यस्तै पैंयु गाउँपालिकावाट १ सय ५० जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको छ ।
पर्वतमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । हालसम्म १ सय ८ जना संक्रमित भेटिएकोमा अधिकांस भारतवाट आएका रहेका छन् भने केहि स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको थियो । पर्वतको अस्थायी कोरोना अस्पतालमा हाल जम्मा पाँच जना संक्रमित रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।




