Print

तल्लो मोदीका कर्मचारी आन्दोलीत, माग पुरा नभए शसक्त आन्दोलन गर्ने चेतावनी

१४ भदौ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा निर्माण भइरहेको तल्लो मोदीखोला जलविद्युत आयोजनाका कर्मचारी आन्दोलीत बनेका छन् । न्यूनतम पारिश्रमिकको विषय लिएर उनीहरु आन्दोलीत भएका हुन् ।

मोदी इर्नजी लिमिटेडले निर्माण गरीरहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनाका कर्मचारीहरु आन्दोलीन बनेका हुन् । आयोजनाले नियुक्त गरेका कर्मचारीहरुको न्यूनतम पारिश्रमिक, सेवा सुविधाका मागहरुमा ब्यवस्थापन पक्ष अनुदार बनेको भन्दै उनीहरु आन्दोलीत बनेका हुन् ।

कर्मचारीहरुको आन्दोलनका कारण निर्माण कार्य प्रभावित बनेको छ । आयोजनामा कार्यरत १७ जना कर्मचारीहरुले संयुक्त माग पत्र पेश गर्दै माग पुरा नभएसम्म काममा नर्फकने चेतावनी दिएका छन् ।

उनीहरुले संयुक्त रुपमा माग राख्दै सेवा सुविधाका सम्बन्धमा भएका पटक पटकका सहमती आयोजनाले कार्यान्वयन नगरेको र सहमती कार्यान्वयनका सम्बन्धमा भएको छलफलबाट पनि निचोड निनिस्केको भन्दै आफूहरु आन्दोलनमा जान बाध्य भएको उनीहरुको भनाई छ ।

आन्दोलन शुरु गरेका कर्मचारीहरु र ब्यवस्थापन पक्षका वीचमा जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको छलफलले पनि निश्कर्ष निस्कन सकेको छैन् । कर्मचारीहरुले माग पुरा गराउन ब्यवस्थापन पक्ष तयार नभए आन्दोलनका थप कार्यक्रमहरु शसक्त बनाउने बताएका छन् ।

उता, आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले आयोजनाले कर्मचारीलाई यथोचित  तलब सेवा सुविधा निर्धारण गरेको बताउँछन् । जिल्लाकै अरु आयोजनाको सरह तलब सुविधा तोकिए पनि अनपेक्षित माग आएकाले आयोजनाको ब्यवस्थापन पक्षलाई माग पुरा गराउन गाहे भएको उनको भनाई छ ।

श्रम ऐनले ब्यवस्था गरे बमोजीमको सुविधा उपलब्ध गराएको जनसम्पर्क अधिकृत बेलवासको भनाई छ । कर्मचारीको आन्दोलनका कारण अवरुद्ध बनेको निर्माण कार्य भने प्रहरी प्रशासनको सहयोगमा सुचारु गरिएको उनले जानकारी दिए । अर्थ वीट साप्ताहिकबाट