११ भदौ, पर्वत । जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जलजला गाउँपालिका वडा नं. ४ मल्लाजका ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरमा भएको परिक्षणमा उनमा संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।
उनि भारतवाट आएर कुश्माको क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् । उनलाई गुप्तेश्वर क्याम्पसको आईशोलेशनमा लैजाने तयारी भैरहेको छ । उनिसँगै पर्वतमा कोरोना संक्रमितको संख्या १०८ पुगेको छ ।




