Print

विहादी गाउँपालिकाबाट १ सय १० जनाको स्वाब संकलन

१० भदौ, पर्वत । जिल्लाको विहादी गाउँपालिकाबाट १ सय १० जनाको स्वाब संकलन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक हरी भुषालका अनुसार गाउँपालिका भित्रका स्थानीय ब्यक्तिहरु मध्ये १ सय १० जनाको स्वाब संकलन गरिएको हो ।

भुषालका अनुसार गाउँपालिकाका विभिन्न कार्यालयहरु बैंक लगयतका कर्मचारी, सवारी चालक, होटेल पसल लगायतका प्रतिनिधि, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, प्रहरी, शिक्षक लगायतका ब्यक्तीहरुको स्वाब संकलन गरिएको हो ।

समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण अवस्था परिक्षणको लागि विहादी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा पालिका स्तरिय नमुना संकलन गरिएको भुषालले जानकारी दिए । समुदाय स्तरमा संक्रमण फैलिएको वा नफैलिएको विषयमा अध्ययन गर्नका लागि जिल्ला स्तरीय निर्णय अनुसार जिल्लाका सवै पालिकाहरुमा स्वाब संकलन गर्दै परिक्षण कार्य अघि बढाईको छ ।

सोहि बमोजीम कुश्मा नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका र महाशिला गाउँपालिकाको स्वाब संकलन कार्य सकिएको छ । यी सवै पालिकामा संकलन गरिएका स्वाबहरुको सवै रिर्पोट नेगेटिभ आएको छ । अभियान अन्तर्गत नै विहादी गाउँपालिकाका १ सय १० जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको छ ।