Print

पर्वतको जिल्ला आयूर्वेदिक औषधालयको अध्यक्षमा शर्मा

९ भदौ, पर्वत । जिल्ला आयूर्वेदिक औषधालयको अध्यक्षमा भवानी शर्मा नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो । आयूवेदिक औषधालयमा यस अघि ब्यवस्थापन समिति गठनको प्रावधान थिएन् ।

गण्डकी प्रदेश सरकारले निर्माण गरेको ब्यवस्थापन समिति गठन सम्बन्धि कानून बमोजीम औषधालयको अध्यक्षमा पर्वतको फलेवास नगरपालिका निवासी शर्मालाई नियुक्त गरेको हो ।

जिल्ला स्तरीय आयूवेर्दिक औषधालय पर्वतको फलेवास नगरपालिकामा रहेको छ । नवनियुक्त शर्माले आयूवेदिक औषधालयको क्षमता र विश्वसनीयतामा थप बृद्धि गर्ने गरी काम गर्ने बताएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको नेता समेत हुन् ।