Print

महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि बितरण

२५ असार, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ । सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले महाशिला गाउँपालिका ४ बालाकोटका वडा अध्यक्ष रोशन गुरुङ साथै स्थानीय महिला स्वास्थ स्वयंसेविकाहरुलाई औषधि हस्तान्तरण गरि अभियानको शुभारम्भ गरे ।

कोरोना लगायत महामारीका रोगबाट बचाउन आर्शेनिक एएलबी ३० नामक एलोपेथिक औषधि वितरण गरिएको हो । यसले कुनै साइड इफेक्ट नगर्ने र रोगसंग लड्न सक्ने क्षमता बढाउने बताइएको छ ।

विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा करिब ४ लाख रुपियाँ बराबरको औषधि उपलब्ध गराइएको गाउँपालिका प्रमुख पौडेलले जानकारी दिएका छन् । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपप्रमुख हिरा कुमारी राना, प्रमुख प्रशासकिय अधिकृत बुद्दीराम उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।