२६ असार, पर्वत । जिल्लामा एक साता देखि नयाँ कोरोना संक्रमीत भेटिएका छैनन । गत असार १९ गते ३ जना थप भएको पर्वतमा नयाँ संक्रमीत नभेटिएका हुन । कुल ९० संक्रमीत रहेको पर्वतमा ५१ जना भने निको भई डिस्चार्ज भईरसकेका छन् ।
डिस्चार्ज भएका उनीहरु घरमा गएका छन् । क्वारेन्टाइनमा अझै पनि मानिसहरु बसिरहे पनि उनीहरुमा संक्रमण पुष्टि भएको छैन् । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अझै १ सय ४० जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
रिर्पोट प्राप्त प्रत्येक दिन जसो भईरहे पनि सवै रिर्पोट नेगेटिभ आएकाले नयाँ संक्रमीत नभेटिएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार संक्रमीत भएर आइसोलेसनमा बसेकाहरु पनि स्वस्थ्य रहेका छन् । उनीहरु कसैमा पनि संक्रमणका लक्षणहरु देखिएका छैनन् ।
कार्यालयका अनुसार स्थानीय स्तरमा फैलिएको संक्रमणले समुदायमा ब्यापक रुप लिएको छैन् । जिल्लामा ट्राभल हिस्ट्री नभएका स्थानीयहरु र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । तर, उनीहरु मार्फत नयाँ संक्रमीतहरु भेटिएका छैनन् । उनीहरुको सम्पर्कमा आएका झण्डै २ सय मानिसको परिक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको कार्यालयले जनाएको छ ।




