२५ असार, पर्वत । कोरोना संक्रमणको चपेटा भोग्दै अग्रभागमा खटिएका स्वासथ्यकर्मीहरुको मनोबल बढाउन कर्मफ्लाइट्स फाउण्डेसन पोखराले पर्वत जिल्ला अस्पताललाई सहयोग गरेको छ । फाउण्डेसनले पहिलोपटक पर्वत अस्पताललाई २० थान व्यक्तिगत सुरक्षा सेट (पिपिई) उपलव्ध गराएको हो । कान्तिपुर पव्लिकेसनमा कार्यरत पर्वतका पत्रकार अगन्धर तिवारीको बिशेष पहलमा फाउण्डेसनका परिकल्पनाकार एवं निर्देशक प्रेमबहादुर कु“वरले करिव ५० हजार रुपैया“ बराबरका पिपिई उपलव्ध गराएका हुन ।
कु“वरद्वारा उपलव्ध गराइएका पिपिई सेट बुधबार पत्रकार तिवारीले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, उद्योग बाणिज्य संघका अध्यक्ष्ँ केदारनाथ शर्मा लगायत सिसिएमसी टोलीको रोहवरमा पर्वत अस्पताललाई हस्तान्तरण गरे । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी जोखिममा परेको अवस्थामा प्राप्त भएका पिपिइले केहि हदसम्म शान्त्वना मिलेको स्वास्थ्यकर्मीहरुले बताए ।
पटक–पटक डिस्इन्फेक्टेड गरेर प्रयोग गर्न मिल्ने पिपिइ सेट पानी परेको समयमा समेत उपयोग गर्न मिल्ने भएकोले एम्बुलेन्स चालक, सरसफाई कर्मचारीलाई समेत उपयोगी हुने स्वास्थ्य कार्यालयका प्रमुख डा। भोजराज गौतमले बताए । कार्यक्रममा कोभिड रोकथाम जिल्लास्तरिय कमाण्ड फोर्सका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शिशिर देवकोटा सुरक्षा निकायका प्रमुख पत्रकार लगायतको सहभागिता थियो ।
गण्डकी प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै स्वास्थ्यकर्मी जोखिममा परेको हु“दा आफ्नो कार्यक्षेत्र नभएर पनि सानो सहयोग गरेको फाउण्डेसनका निर्देशक कुँवरले बताए । पर्वतमा पहिलोपटक सहयोग गरेको जनाउँदै कुँवरले यो सहयोगले अब पर्वतमा समेत काम गर्ने अवसर मिलेको बताए ।
उनले आगामी दिनमा सम्बन्धित निकायसंगको अनुमति लिएर सहकार्य गर्दै पर्वतमा समेत शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा आफ्नो संस्था काम गर्न इच्छुक भएको बताए । २०७२ सालमा कानुनि रुपमा दर्ता भई शिक्षा, स्वास्थ्य, खानेपानी, जलविद्युत, प्राकृतिक बिपत्ती, अनाथ असहाय विद्यार्थीलाई छात्रबृत्ती, विद्यालय निर्माण, खाजा लगायतका कार्यक्रम सञ्चालन गर्दैआएको छ । संस्थाले हालसम्म गोरखा, बागलुङ, स्याङ्जा, कास्की र रुकुमपुर्वमा बिभिन्न सामाजिक काम गर्दैआएको छ ।




