Print

पर्वत र बागलुङमा पनि सलह भित्रन सक्ने भन्दै चनाखो रहन कृषि ज्ञान केन्द्रको आग्रह

१४ असार, पर्वत । बागलुङ र पर्वत जिल्लामा पनि सलह भित्रनसक्ने भन्दै चनाखो र सचते र चनाखो रहन कृषि ज्ञान केन्द्र पर्वतले अनुरोध गरेको छ । कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले पर्वत र बागलुङका सवै प्राविधिक र कृषकलाई चनाखो रहन आग्रह गरेका हुन ।

उनले सलह भित्रिएमा त्यसको नियन्त्रणका उपापहरु बारे जनचेतना फैलाउन प्राविधिकलाई भनेका छन् । यसैगरी कृषकहरुलाई पनि यसको रोकथामका लागि प्राविधिकहरुसंग परामर्श गर्न अनुरोध गरेका छन् ।

गण्डकी प्रदेशका केहि स्थानहरुमा समेत सलह देखा परेकाले यो पर्वत र बागलुङ क्षेत्रमा पनि आउने रेग्मीको भनाई छ । यसलाई आउनबाट रोक्न नसकिने भन्दै यसको नियन्त्रणका उपायहरु अपनाउनुपर्ने उनको बताए ।

भारत हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड सानो रहेको र त्यसले धेरै क्षति नपुर्याउने भए पनि ठूलो झुन्ड आउन सक्ने खतरा रहेको अधिकारीहरूले बताएका छन्।
शनिवार नेपालमा पूर्वी भागका तराई क्षेत्रमा रहेका बारा र पर्सा जिल्लामा देखिएको सलह बिस्तारै अन्य जिल्लाहरूमा पनि फेला परेको विवरण प्राप्त भइरहेको छ।
भारतबाट प्रवेश गरेको सानो झुन्ड सयौँको सङ्ख्यामा विभिन्न जिल्लाहरूमा पुगेको प्लान्ट क्वारन्टीन एवम् विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए।

सुवेदीले भने ‘अहिलेको झुन्डसँग हामी खासै डराएका छैनौँ। यसको उमेर पनि गइसकेको छ। झुन्डकोआकार एक डेढ महिनामा सानो हुँदै हराएर जान्छ।’
‘तर भारतको राजस्थानमा ८ र १० वटा झुन्ड तयार भएर बसेका छन् त्यो चाहिँ उत्तरतर्फ बहाव भएर आइदियो भने समस्या पर्न सक्छ,’ उनले भने।
जनकपुरदेखि पश्चिम तर्फका क्षेत्रहरूमा सजगता अपनाउनु पर्ने अवस्था रहेको उनी बताउँछन्।

पाकिस्तान र भारतमा सलहको प्रकोप बढेसँगै नेपालमा उक्त किरा नछिरोस् भन्ने हेतुका साथ त्यसबारे थप अध्ययन गर्नका लागि गठन गरिएको एउटा प्राविधिक समितिले जेठ महिनाको अन्तिम हप्तामा नेपालमा तत्कालका लागि सलहको जोखिम टरेको बताएको थियो।

उक्त समितिले भारतको राजस्थानबाट सलह अन्तै तिर मोडिएको र नेपालमा मनसुन आउन लागेको भन्दै त्यस्तो निष्कर्षमा पुगेको बताएको थियो।
तर हावाको बहावमा परिवर्तन भएसँगै सलह नेपाल प्रवेश गरेको जानकारहरू बताउँछन्।