१४ असार, पर्वत । सदरमुकाम कुश्मा बजारमा निर्माणधिन कुश्मा बजार रिङ अन्तर्गतको जिरोकिलोमिटर देखि गोदाम खण्डको प्रतिनिधि सभाका सांसद पदम गिरी सहितको टोलीले अनगुमन गरेको छ । सदरमुकाम कुश्मा बजारलाई चक्रपथद्धाराजोड्ने गरी स्तरोउन्नती हुँदै गरेको उक्त सडकको सांसद गिरीले अनुगमन गरेका हुन् ।
पूर्वाधार विकास कार्यालयद्धारा स्तरोउन्नती कार्यको शुरुवात गरिएको उक्त सडकको केहि खण्ड कालोपत्रे हुने भए पनि अन्य खण्डको लागि भने बजेटको अभाव छ ।
स्थानीय तारानाथ शर्माले बाँकी खण्डको लागि समेत बजेटको प्रवन्ध गरी गोदम खण्डसम्म जोड्ने प्रवन्ध मिलाईदिन अनुरोध गरे । उनले सोहि सडक खण्डसंगै दुर्लुङको डाँडा देखि आउने खोल्सोको बाढिका कारण वरीपरीको बस्ती समेत जोखिममा पर्दै आइरहेको भन्दै त्यसको नियन्त्रणका लागि समेत बजेट ब्यवस्था गरिदिन सांसदलाई अनुरोध गरे ।
माथिल्लो भिरबाट बहदै आउने पानीको बहाव उच्च हुँदा उक्त स्थानमा ग्रेगेटा सहितको बाढि आउने गरेको छ । यसको रोकथाम र नियन्त्रण नगर्दा जुनसुकै बेलामा पनि धनजनको क्षति पुग्ने गरी बाढिले समस्या पार्न सक्ने स्थानीयबासीले बताएका छन् ।
अनुगमन कार्यमा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, कार्यालय सदस्य गोविन्द पहाडी, कुश्मा नगरकमिटि अध्यक्ष शंकर गिरी स्थानीय नेता तथा नेकपाका सचिवालय सदस्य शिवलाल सार्की लगाएतको सहभागीता थियो ।
अनुगमन पछि सांसद गिरीले सडकको बाँकी कार्य पुरा गर्न र बाढि नियन्त्रणको लागि ब्यवस्थापन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।




