Print

मदन भण्डारीको जन्म जयन्तिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न

१४ असार, पर्वत । जननेता मदन भण्डारीको जन्मजयन्तिको अवसर पारेर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्ज्ली सभाको आयोजना गरेको छ । कम्युनिष्ट पार्टीका विचारक भण्डारीले कम्युनिष्ट पार्टीको संस्थागत विकासमा राजनैतिक चिन्तनहरुद्धारा विश्वमै नौलो क्रान्तिको उद्घोष गरेका थिए ।

पार्टी कार्यालयमा आयोजीत श्रद्धाञ्जली सभामा संक्षिप्त मन्तब्य राख्दै पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले मदन भण्डारीले देखाएको कम्युनिष्ट विचारधारा सवै कार्यकर्ताले अनुसरण गर्नुपर्ने धारणा राखे ।

उनले पछिल्लो दिनमा आफ्नो पार्टीका कार्यकर्ताको भन्दा फरक पार्टि र आस्था बोक्ने कार्यकर्ताको भावना बमोजीम नेताहरुले काम गर्दै आइरहेको बताउँदै पार्टी कमजोर बनाउने नेताको विषयमा समिक्षा गर्नुपर्ने धारणा ब्यक्त गरे ।

आवश्यकताको आधारमा भन्दा ब्यक्तिगत मनोइच्छाका आधारमा विकास आयोजनाहरुमा बजेट हाल्ने, पार्टीको विचारबाट आफूले प्राप्त गरेको पदको मर्यादा भूल्ने कार्यमा नेता कार्यकर्ताहरु लाग्नु दुःखत रहेको नेता गिरीको भनाई छ ।

श्रद्धाञ्जली सभामा बोल्दै दलाली, भ्रष्ट्रचारीहरु र कम्युनिष्ट विरोधीहरुसंग कम्युनिष्ट नेताहरुको उठबसले मदन भण्डारीको सञ्चा विचारको प्रतिनिधित्व गर्न नसक्ने गिरीले बताए ।

श्रद्धाञ्जली सभाम नेकपा प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नेकपा कार्यालय सदस्य गोविन्द पहाडी, पार्टी सचिवाल सदस्य तथा कुश्मा नगरकमिटि अध्यक्ष शंकर गिरी, सचिवालय सदस्यहरु शिवलाल सार्की, इश्वर गिरीले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

यसैगरी मदन भण्डारीको तस्विर माथि माल्यापण गर्दै कुश्मा ६ का वडाध्यक्ष रुद्र गिरी, युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेल उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, युवा संघका नेता अर्जुन निर्जन पौडेल, प्रेस संगठन पर्वतका संयोजक गणेश गिरी लगाएतले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन कार्यालय सदस्य गोविन्द पहाडीले गरेका थिए ।