१३ असार, पर्वत । जिल्लामा कोरोना संक्रमण जितेका ८ जना डिस्चार्ज भएका छन् । पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाका अनुसार आज मात्र थप ८ जनालाई अस्थायी कोरोना अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
प्रयोगशालामा गरिएको कोरोना परिक्षणबाट नगेटिभ रिर्पोट आएका उनीहरुलाई आज डिस्चार्ज गरिएको डा. देवकोटाले जानकारी दिए । योसंगै पर्वतमा कोरोना जित्नेको संख्या १९ पुगेको छ ।
डिस्चार्ज हुनेहरुमा कुश्मा नगरपालिकाका १ जना महिला सहित ३ जना पुरुष गरी ४ जना तथा फलेवासमा १ जना पुरुष डिस्चार्ज भएका छन् । यसैगरी विहादी, महाशिला र जलजलामा १/१ जना पुरुष गरी ३ जना डिस्चार्ज भएका छन् ।
यो संगै कुल १९ जना संक्रमीत निको भएर डिस्चार्ज भएका छन् ।




