१३ असार, पर्वत । जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना पुष्टि भएको पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या ७१ पुगेको छ ।
संक्रमीत ५३ बर्षिय पुरुष कुश्माकै हुन ।




