Print

मोदी गाउँपालिकामा बाँझो जमिनमा उत्पादन बढाउन भूमि वैंकको स्थापना हुने

१२ असार, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रममा भूमि वैंकको स्थापना गर्ने नीति लिएको छ । गाउँपालिकाको सभा सातौ गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकामा भूमि बैंको स्थापना गर्ने उल्लेख गरेका छन् ।

गाउँपालिका भित्रका बाँझो जमिनहरुको तथ्यांक संकलन तथा एकीकृत गरी उत्पादनको लागि कृषकलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भूमी वैंकको स्थापना गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएकोछ । बाँझो जग्गाको उपयोग गर्ने कृषकलाई निश्चित मापढण्डको आधारमा नगद अनुदान तथा साना सिंचार्य सुविधा दिईने नीति लिइने गाउँपालिकाले जनाएको छ ।

कृषि, पशुपालन र उत्पादनमा बढि जोड दिइएको नीति तथा कार्यक्रममा कृषि उपज संकलन केन्द्र निर्माण गरी शीत भण्डारको स्थापना गर्ने कुरा उल्लेख गरिएको छ । कोभिड विशेष यूवा लक्षित कार्यक्रम तथा एक वडा एक न मुना ब्यवसायाीक कृषि तथा पशु विकास कार्यक्रमको सञ्चालन गरिने समेत उल्लेख गरिएको छ । आर्थिक विकासको लागि युवा स्वरोजगकार कार्यक्रम सञ्चालन गरिने तथा पर्यटन क्षेत्रको विकासको लागि पर्यटन सेवा सूचना केन्द्र स्थापना गरिने कुरा उल्लेख गरिएको छ ।