Print

पर्वतका स्वास्थ्यकर्मीलाई कन्ट्रयाक्ट ट्रेसिङको विषयमा अभिमुखीकरण

११ असार, पर्वत । कोरोना संक्रमण समुदायमा फैलन थालेपछि पर्वतका स्वास्थ्यकर्मीहरुका लागि कन्ट्रयाक्ट ट्रेसिङ र घटनाको अध्ययनको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । पर्वतको कुश्मा बजारमा स्वास्थ्य कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा कोरोना संक्रमणको श्रोत खोजी गर्ने विषयमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको थियो ।

जिल्लाका ७ वटा स्थानीय तहका स्वास्थ्यकर्मीहरु सम्मिलित उक्त अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालयका टोलीले सहजीकरण गरेको थियो । पर्वत जिल्लामा ७ स्वास्थ्य कर्मी सहित अन्य ब्यक्तिमा समेत संक्रमण देखिए पछि संक्रमण समुदाय स्तरसम्म पुगेको निश्कर्ष निकालिएको छ । योसंगै समुदायमा फैलने श्रोतको विषयमा अनुसन्धान भइरहेको छ ।

कन्ट्रयाक्ट टे«सिङ अर्थात सम्पर्क पहिचान भनेको कोरोना संक्रमीत ब्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुलाई पत्ता लगाउने कार्य हो । विश्व स्वास्थ्य संगठनको नियमानुसार १५ दिनसम्म सक्रिय प्लो अप र ७ नि निस्कृय प्लो अप गरी सम्पर्कमा आएका ब्यक्तिहरुको निगरानी गरिन्छ । यहि निगरानीका वीचमा ब्यक्तिलाई लक्षण देखा परेमा उनीहरुलाई उपचार गर्ने र आइसोलेसनमा राख्ने गरिन्छ । यस्तो बेलामा समुदायमा गएको स.क्रमणको पहिचान हुन नसके यसले महामारीको रुप लिनसक्ने स्वास्थ संगठनको भनाई छ ।

पर्वत जिल्लाका स्थानीय र स्वास्थ्यकर्मीलाई कुन श्रोतबाट संक्रमण फैलियो भनेर अध्ययन गर्दै त्यसको न्यूनिकरण कार्यमा सहयोग पुराउनका लागि स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।