१२ असार पर्वत । जिल्लामा भारत र तेस्रो मुलुकबाट कोरोना संक्रमणका कारण मानिसहरु फर्कने क्रम शुरु भइसकेको छ । घरमा फर्कने नेपालीहरुको संख्या ठूलो देखिन्छ ।
त्यस मध्ये तेस्रो मुलकबाट पर्वतम फर्केनेको संख्या ठूलो हुने अनुमान गरिएको छ । कोरोना संक्रमणका कारण विदेशमा पनि रोजगारका अवसरहरु गुमेका कारण कतिपय नेपालीहरु घर फर्कन चाहेका छन् । लक डाउन र त्यस पछि भएको अन्तराष्ट्रिय उडान बन्दले रोकिएका उनीहरु अन्तराष्ट्रिय उडान सुचारु भएसंगै जिल्लामा फर्कनेछन् ।
जिल्लामा स्वास्थ्य कार्यालयहरुले गरेको प्रक्षेपण अनुसार भारतबाट मात्रै २ हजार १ सयमा मानिस पर्वतमा फर्कनसक्नेछन । तेस्रो मुलुकबाट भने ५ हजार ५ को हारहारीमा मानिस फर्कने अनुमान गरिएको छ । विहिवार कुश्मा बजारमा आयोजीत स्वास्थ्यकर्मीको लागि अनुशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मीले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन ।
हालसम्म पर्वतमा भारतबात ४ सय ३७ जना मानिस फर्किएका छन् । तेस्रो मुलकबाट भने यो अवधिमा ३४ जना मानिस फर्किएका छन् ।




