Print

पर्वतमा : भारतबाट ४ सय ३७ जना भित्रिए, ७० जना संक्रमीत, १० जना डिस्चार्ज

११ असार, पर्वत । जिल्लामा लक डाउनको अवधि शुरु भएपछि ४ सय ३७ जना भित्रिएका छन् । उनीहरु भारतका विभिन्न शहरबाट पर्वत जिल्लामा भित्रिएका हुन् । नेपाल र भारतका विभिन्न सिमा बाट भित्रिएका उनीहरुलाई सरकारी क्वारेन्टाइनमा राखेर परिक्षण पछि मात्र घर पठाइएको छ । स्वास्थ्य कार्यालय पर्वतको तथ्यांका अनुसार यो अवधिमा तेस्रो मुलकबाट मात्रै ३४ जना भित्रिएका छन् ।

जिल्लामा भित्रिएकाहरुलाई पुलिङ क्वारेन्टाइनमा राखेर परिक्षण गरेपछि स्थानीय क्वारेन्टाइनमा पठाउने गरिएको छ । जिल्लामा अहिलेसम्म ७० जना कोरोना संक्रमीत फेला परेका छन् । उनीहरुमा संक्रमणको कुनै लक्षण नदेखिएको र विरामी समेत नपरेको पर्वत कोरोना अस्पतालले जनाएको छ ।

सामान्य स्वास्थ्य अवस्था भएका उनीहरु मध्ये १० जनालाई डिस्चार्ज गरिएको छ । उपचारको क्रममा रिर्पोट नेगेटिभ आएपछि ८ जना भारतबाट फर्केकाहरु र २ जना स्वास्थ्यकर्मीलाई आइसोलेसन अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

जिल्लामा अहिले ४ वटा स्थानलाई पुलिङ क्वारेन्टाइन बनाइएको छ । शिवालय मावि कुश्मा, बन्दना होटल कुश्मा, ब्लु एन्जल होटल कुशमा र नवजागृत मावि मोदी । यी ४ स्थानमा मानिसहरु क्वारेन्टाइनमा बसीरहेका छन् ।

यसैगरी आइसोलेसनको रुपमा ३ स्थान तोकिएको छ । यस अघि ब्लु एन्जललाई क्वारेन्टाइन भनिए पनि स्वास्थ्यकर्मी संक्रमीत भए पछि उक्त स्थानलाई आइसोलेसनको रुपमा प्रयोग गरिएको छ । यसैगरी गुप्तेश्वर बहुमुखी क्याम्पस र कुश्मा अस्पताल प्रालिलाई पनि आइसोलेसनको रुपमा प्रयोग गरिएको छ । यस मध्ये कुश्मा अस्पतालमा भने अहिले विरामी छैनन् । गुप्तेश्वर बहुमुखी क्याम्पसमा ५४ जना र ब्लू एन्जलमा अहिले ६ जना आइसोलेसनमा बसीरहेका छन् ।