Print

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मी र अन्य २ जना बाहेक अरु स्वास्थ्यकर्मीमा देखिएन संक्रमण

८ असार, पर्वत । जिल्लामा पहिलो पल्ट स्वास्थ्यकर्मीमा संक्रमण देखिए पछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य शुरु गरिएको छ । पहिलो चरणमा ८१ जना सम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाब परिक्षण गरिएकोमा ६० जनाको रिर्पोट नेगेटिभ आएको छ । पहिलो पल्ट ५ जनामा संक्रमण देखिए पछि थप ८१ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको थियो ।

त्यस मध्ये २ जनामा भने संक्रमण पुष्टि भएको थियो । बाँकी १९ जनाको रिर्पोट आउन बाँकी रहेको छ । पहिलो पल्ट ५ जना स्वास्थ्य कर्मीमा संक्रमण पुष्टि भएको थियो । ५ जना मध्ये २ जना चिकित्सक, १ जना ल्याव असिस्टेण्ड, १ जना नर्स र १ जना कार्यालय सहयोगी थिए । उनीहरु मध्ये २ जना चिकित्सवकको रिर्पोट पुनः नेगेटिभ आइसकेको छ ।

यी ५ जना संक्रमीतको सम्पर्कका आएकाहरुको खोजी गर्दा १ जना स्वास्थ्यकर्मीका परिवार र १ जना अर्का स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । योसंगै अस्पतालमा कुल ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस बाहेकका अन्य ६० जनाको स्वाब परिक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाले जानकरी दिएका हुन ।