८ असार, पर्वत । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्रयाक्स ट्रेसिङमा थप ३६ जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको छ । पर्वत अस्पतालका निमिक्त डाक्टर शिशिर देवकोटाका अनुसार सोमबार थप ३६ जनाको स्वाब परिक्षण गर्दा ३६ जनामा रिर्पोट नेगेटिभ देखिएको हो । योसंगै कुल ६० जनाको रिर्पोट नेगेटिभ आएको छ ।
यस अघि १ जना स्वास्थ्यकर्मीका परिवार सहित ७ जना संक्रमीत भईसकेका छन । पहिले ५ जनामा संक्रमण देखिए पछि उनीहरुको सम्पर्कमा रहेका ८१ जनाको स्वाब संकलन गरिएको थियो । त्यस मध्ये २ जनामा पोजेटिभ देखिएको थियो । कुल संक्रमीत ७ जना मध्ये हिजो भने २ जना चिकित्सवको रिर्पोट नेगेटिभ आइसकेको छ । अहिले पोजेटिभ देखिएकाहरु ब्लु एन्जलको आइसोलेसनमा रहेका छन् । रिर्पोट नेगेटिभ देखिएका २ जनालाई होम क्वारेन्टाइनमा राखिने डा. देवकोटाले जानकारी दिए । अरु पोजेटिभ देखिएकाहरु भने आइसोलेसनमै बस्नेछन् ।
संक्रमीतसंग सम्पर्कमा आएका थप २० जनाको रिर्पोट आउन बाँकी रहेको छ ।




