Print

थप १ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि

८ असार पर्वत । जिल्लाको पर्वत अस्पतालमा कार्यरत थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत ति स्वास्थ्यकर्मी कोरोना अस्पतालमा खटिएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका डा. शिशिर देवकोटाले जानकारी दिए । अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ति कर्मचारी हाल कोरोना अस्पतालमा खटिएको र इमरजेन्सीमा विरामी भने जाँच नगरेको डा. देवकोटाको भनाई छ । उनी ४३ बर्षिया पुरुष हुन् ।

अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिए पछि उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो । ५ जनाको सम्पर्कमा आएका ८१ जनाको स्वाब परिक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको डा. देवकोटाले पुष्टि गरे । यस अघि सम्पर्कमा आएका १ जना स्वास्थ्यकर्मीसंगै अर्का १ जना स्वास्थ्यकर्मीको परिवार गरी २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै पर्वत अस्पतालको क्यान्टिनलाई सिल गरिएको डा.देवकोटाले जानकारी दिए ।

संकलीन ८१ रिर्पोट मध्ये अव ११ जनाको रिर्पोट आउँन बाँकी रहेको छ ।

योसंगै जिल्ला अस्पतालका ५ जना र उनीहरुको सम्पर्कमा आएका २ स्वास्थ्यकर्मी सहित ३ जनामा संक्रमण पुष्टि भएकोछ । योसंगै पर्वत जिल्लामा संक्रमीत संख्या ४६ पुगेका छ । जस मध्ये ८ जना डिस्चार्ज भएका छन् ।