Print

बाल यौन दुरुपयोगको आरोपमा कुश्माका १९ बर्षिया परियार प्रहरी नियन्त्रणमा

७ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा नं. ४ का १९ बर्षिया बिपिन परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारलाई बाल यौन दुरुपयोगको आरोप लगाइएको छ । परियारले कुश्मा नगरपालिका वडा न ४ बस्ने एक बालिकालाई बालयौन दुब्र्यवहार गरेको आरोप लागेको छ ।

परियारले असार ६ गते बालिकालाई वेलुका ४ बजेको समयमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेको परियारलाई बालयौन दुरुपयोग अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वत मार्फत १० दिनको म्याद थप गरिएको प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।