७ असार, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ३ बस्ने रविन जिसीलाई प्रहरीले प्रक्राउ गरेको छ । जिसिलाई एक युवती बलात्कार गरेको आरोप लागेको छ । जिसीले जलजला गाउँपािलका वडा न ७ धाइरिङकी २२ बर्षिया युवतीलाई बलात्कारको आरोप लगाइएको छ । जिसीलाई प्रहरीले असार ५ गते नियन्त्रणमा लिएको हो । गत जेठ १५ गते जिसीले ति युवतीलाई बलात्कार गरेको युवतीले प्रहरीमा किटानी जाहेरी दिए पछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका युवालाई जवजस्ती करणी अपराध शीर्षकमा मुद्धा दर्ता गरिएको प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । जिसीलाई अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।
जिसी निर्माणधिन मिलन चोक धाइरिङ सडकमा साइड इन्चार्जको रुपमा काम गर्दथे । बलात्कृत भनीएकी युवतीले बलात्कार पछि आफ्नो चरित्र हत्या हुने गरी बद्नाम गरेको आरोप समेत लगाएकी छिन् । युवतीले बलात्कार भनिएको समयको ३ हप्ता पछि प्रहरीमा जाहेरी दर्ता गरेकी छिन् । यो विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




