Print

पर्वत जिल्लाका कोरोना संक्रमीत दुई चिकित्सकको कोरोना रिर्पोट नेगेटिभ

७ असार, पर्वत । कोरोना संक्रमीत हुनुभएका पर्वत अस्पतालका दुई जना चिकित्सकको कोरोना रिर्पोट आज नेगेटिभ आएको छ ।

पर्वत अस्पतालमा कार्यरत दुई जना चिकित्सकको कोरोना रिर्पोट आइतबार साँझ नेगेटिभ आएको पर्वत अस्पतालका प्रमुख डा। शिशिर देवकोटाले जानकारी दिए । संक्रमीत दुई जना जिल्ला अस्पतालका मेडिकल अधिृकत हुन । उनीहरुको रिर्पोट असार ४ गते पोजेटिभ आएको थियो । असार १ गते स्वाब संकलन गरी काठमाण्डौं स्थित टेकुमा परिक्षणका लागि पठाइएको थियो ।

उक्त परिक्षणमा पोजेटिभ देखिएका उनीहरुको स्वाब पुनः असार ५ गते पोखरा स्थित प्रयोगशालामा पठाइएको थियो । असार ५ गते संकलन गरिएको स्वाबको रिर्पोट आज बेलुका नेगेटिभ आएको डा। देवकोटाले जानकारी दिए । उनीहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । रिर्पोट नेगेटिभ आएकाहरु अव होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा बस्नेछन् । उनीहरुको दोस्रो स्वाब रिर्पोट नेगेटिभ आए पछि मात्र कोरोना निको भएको मानिनेछ र उनीहरु नियमित काममा फर्कनेछन । उनीहरुसंगै पर्वतका ५ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीको परिवार र एक जना स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेका अर्का स्वास्थ्यकर्मी संक्रमीत भएका थिए ।

कुल ७ जना स्वास्थ्यकर्मी सहितका ब्यक्तिहरु संक्रमीत भएका थिए । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका ८१ जनाको स्वाब संकलन गरी परिक्षणको लागि पठाएको थियो । त्यस मध्ये यस अघि २१ जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकी २ जनाको पनि थप रिर्पोट नेगेटिभ आएको छ ।